विपन्नलाई राहतस्वरुप रोजगारी

0
593

हुमाकान्त पोखरेल
गुल्मी १९ वैशाख  : विश्वभर फैलिएको कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण धेरै विपन्न परिवारलाई राहत वितरण गरिएको छ । गुल्मीमा सबै स्थानीय तहमा पहिलो चरणको राहत वितरण गरिसकिएको छ । भने केहि स्थानीय तहमा दोस्रो चरणको राहत वितरण पनि सुरु गरिएको छ । दोस्रो चरणको राहतमा सबैजसो स्थानीय तहले दाल, चामल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेका छन् । तर जिल्लाको धुर्कोट गाउँपालिकाले विपन्न परिवारको लागि रोजगारी दिने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको बैठकले विपन्न तथा मजदुर परिवारको लागि सिधै राहत वितरण नगरी खाद्यान्नका लागि काम दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । श्रम गर्न मजदुर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाई लगायतका क्षेत्रमा रोजगार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । काम गरेबापत राष्ट्रिय मापदण्डअनुसार पारिश्रमिक प्रदान गरिनेछ ।
पहिलो चरणमा सात सय ७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी बढीमा पाचँ जनासम्मको समुह बनाई नजिकको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए ।

SHARE