असिना पानीका कारण फलफूलमा क्षती

0
514
सांकेतिक तस्बिरः

तम्घास , बैशाख १९ गते :गुल्मीमा परेका असिना पानीका कारण सुन्तला कागतीहरुमा क्षती पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
मंगलबार बुधबार परेको असिना पानीका कारण सुन्तला कागतीका फूलहरु खसेर नोक्सान भएको कृषि ज्ञानकेन्द्र गुल्मीका कृषि अधिकृत शिबप्रसाद बन्जाडेले जानकारी दिए । उनका अनुसार छत्रकोट गाउँपालिकाको तीन नं वडा र चार नं वडाका कृषकहरको सुन्तला कागती बगैचामा क्षती पुर्याएको र अन्य स्थानहरुमा पनि क्षती पुर्याएको खबर आइरहेको बताए ।
यता कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले असिना पानीले सुन्तला , कागती लगायत फलफूलका बिरुवाहरुमा फूल खेल्ने समयमा क्षती पुर्याएको जानकारी आएको र के कति क्षती पुर्यायो भन्ने बारेमा क्षतिको बिबरण संकलनको कार्य भइरहेको जानकारी दिए ।
यस्तै बिगत तीन दिन देखि लगातार परेको पानीका कारण कृषकहरुले मकै रोप्न पाएका छैनन् भने अलि पहिले रोपिएका मकैको हिलोका कारण खन्न नपाएको कृषकहरुले बताउँदै आएका छन् ।

SHARE