घर घरमै सामाजिक सुरक्षा भत्ता

0
368
बैशाख १८,गुल्मी :जनतालाई सेवा दिने उद्देश्यले गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा न २ वडा कार्यालयले चेक संकलन गर्दै सामाजिक सुरक्षा भत्ता (सासु) वितरण गर्दै आएको छ । वृद्धवृद्धा, असक्त, अपांगता भएका, एकल महिलालगायतले पाउने सामाजिक सुरक्षा भत्ता घर–घरमा नै पुगेर वितरण गर्न थालिएको हो ।
लकडाउनका कारण समस्यामा परेका वृद्धवृद्धा तथा सामाजिक सुरक्षा भत्ता पाउनेहरूलाई जनप्रतिनिधि र स्थानिय युवा चेक संकलन गरेर सामाजिक सुरक्षा वितरण गरिरहेको वडा अध्यक्ष हरिहर गौतमले जानकारी दिए । आवश्यक परेका र इच्छिुक व्यक्तिहरूको मात्र चेक संकलन गरेर बैंकमार्फत रकम ल्याएर वितरण गर्न थालिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सरकारले गरेको लक डाउनमा जनतालाई समस्या पर्न सक्ने भन्दै घर–घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालिएको गौतमको भनाइ छ । सरकारी सेवा घरमै दिने उद्देश्यले घर–दैलोमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको गौतमले जानकारी दिए ।
श्रीमतीको मृत्यु पछि काजकृयामा बसेका कृष्ण परियारको घरमा सामाजिक सुरक्षा भत्ता लिएर वडा अध्यक्ष पुग्दा दुखको समयमा भगवान आए जस्तो लगेको उनले बताए ।
आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका वृद्ध–वृद्धाहरूसमेत खुसी हुने गरेका छन् ।
SHARE