रामकृष्ण कडेल , बैशाख १८ गुल्मी : मैत्री बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड , तम्घास गुल्मीले गुल्मीदरबार गाउपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि रु १५ हजारको नगद चेक हस्तान्त्रण गरेको छ ।
गुल्मिदरबार गाउपालिकामा नगद हस्तान्तरण गर्ने पहिलो सस्था मैत्री सहकारी सस्था लिमिटेड भएको र यस अघि चारपाला रुपन्देहि सम्पर्क समाजले रु १६ हजार बराबरको ग्लोभ्स र सेनिटैजर लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताउनु भएको छ ।
यि दुवै सस्थालाइ गुल्मिदरबार गाउपालिकाले सस्थाको प्रगतिको कामना गर्दै विस्वब्यापि रुपमा फैलिएको कोरोना भाइरसको महामारिको बिरुद्द लड्न गाउपालिकालाइ सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेको छ साथै उक्त रकम गाउपालिकाको नाममा ग्लोबल आइएमै बैक लिमिटेड शाखा कार्यालय गौडाकोटमा रहेको प्रकोप व्यवस्थापन कोष खाता नम्बर C604010000005 मा जम्मा गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताउनु भएको छ ।