शान्तिपुर आगलागी थप दुखद बन्दै घाइते वडाध्यक्षको मृत्यु, किरिया बसेका दाजु बेहोस

0
587

टोपलाल अर्याल
बैशाख १७,२०७७ गुल्मी  :  गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर आगलागी थप दुखद बन्दै गएको छ । आगलागीबाट घाइते वडाध्यक्ष बाग्लुङ्ग बरेङ गाउँपालिका ३ का वडाध्यक्ष पुर्ण खनालको उपचारको क्रममा बुधबार काठमाण्डौमा मृत्यु भएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले जानकारी दिए ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बजारमा गत ८ बैशाखमा खनालको पसलमा आगलागी भएको थियो । खत्रीका अनुसार आगलागीबाट खनालका कान्छा छोरा १५ बर्षका समिर खनालको सोहि दिन मृत्यु भएको थियो । भने पुर्ण र उनकी श्रीमती रुपा घाइते भएका थिए ।

उनीहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । आज एक्कासी हृदयघातका कारण ज्यान गएको गाउँपालिका प्रमुख खत्रीले बताए । त्यो खबर पाउने बित्तिकै भतिजको किरिया बसेका मृतक पुर्ण खनालका दाजु शेर बहादुर खनाल पनि बेहोस भएका छन् । उनलाई पनि थप उपचारको लागि पाल्पा पठाएको खत्रीले बताए ।

‘खनाल परिवारमा दैव निर्दयी बन्यो अझै दुखद खबर आएका छन्,’उनले भने,‘यो बिपत्ति सहनुको अर्को बिकल्प पनि रहेन् ।’ उनका अनुसार पक्की घर र पसलका सवै सामग्रीसहित करिब दुई करोडको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

SHARE