पर्सामा भेटिए कोरोनाका अर्का बिरामी, संक्रमितको संख्या ५८

0
369

बैशाख १७, २०७७ काठमाडौं : सरकारले परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। बुधबार मात्रै बारामा २ र पर्सामा एकजना संक्रमित भेटिएका थिए। तर फेरि पर्सामा अर्का एक संक्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्साका एकजनामा कोरोना पुष्टि भएको हो। यसअघि बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार उनीहरुका कारण समुदायमा सङ्क्रमण बढेको छैन।

अघिल्ला तीन र पछिल्ला एक पुरुष सबैजना भारतबाट नेपाल आएर क्‍वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्‍वारेन्टाइनमा छन्। सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका हुन्। अहिलेसम्म पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन्।

अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन्। सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले बताए। सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको छ। थाहाबाट

SHARE