नेपालमा झण्डै५० हजार जनाको कोरोना परीक्षण

0
277

बैशाख १३,२०७७ काठमाण्डौ  : नेपालमा पछिल्लो समयमा कोरोना नमूना परीक्षणको संख्या झण्डै ५० हजार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म पिसीआर माध्यमबाट नौ हजार ६६६, आरडिटी बिधी माध्यमबाट गरी कूल ४९ हजार तीन सय ३६ जनाको परीक्षण भएको हो ।
स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा गत २४ घण्टामै एक हजार नौसय ४५ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार देशका ७७ वटै जिल्लाहरुबाट परीक्षण भइरहेको समेत जानकारी दिएका छन् ।

SHARE