स्याङ्गजाको हरिनास गाउँपालिकामा भत्ता वितरण सुरु

0
857

सुशीला रेग्मी

वैशाख १३, स्याङ्गजा :  स्याङ्गजाको हरिनास गाउपालिकामा सामाजिक सुरक्षा भत्ता  वितरण कार्य सुरु भएको छ ।
दोस्रो चौमासिकको ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिक, दलित बालपोषण भत्ता वितरण गरिएको छ । पहिलो चरणमा वडा नं ५ बाट भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए ।

वडा नं ५ मा ३९ जनालाई दोस्रो चौमासिकको भत्तावितरण कार्य गरिएको अध्यक्ष मानन्धर बताए वडा नं ५ मा सुरु भएको भत्ता वितरण कार्य गाउँपालिकाका सबै वडा वडामा गरिने उनको दाबी छ ।

SHARE