नेपाल कोरोनाको अतिउच्चबाट उच्च जोखिममा झय्रो

0
442

बैशाख १३,२०७७ काठमाण्डौ  : नेपाल कोरोनाभाइरसको अति उच्च जोखिममा नरहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसभन्दा पहिले नेपाललाई बिश्व स्वास्थ्य संगठनले नेपालललाई कोरोनाको अति उच्च जोखिममा राखेको थियो । नेपालले कोरोना रोकथामका र नियन्त्रणका लागि गरेको राम्रो कार्यले गर्दा उच्च जोखिममा नरहेको बिश्व स्वास्थ्य संगठनको ठहर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपालले सीमा नाकालाई कडाई साथ लागु गरेको उच्च सर्तकता अपनाएको बिश्व स्वास्थ्य संगठनको ठहर छ ।यो संगै समयमै लकडाउन गरेका कारण कोरोना फैलिन नपाएको समेत उल्लेख गरिएको छ । नेपाल भारत र चिनसंग सीमा जोडिएका कारण पनि अति उच्च जोखिममा राखिएको थियो ।

हाल आएर नेपाल अति उच्च जोखिमबाट उच्च जोखिममा झरेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ ।

SHARE