हवाई उडान जेठ २ सम्म स्थगित

0
495

बैशाख १३, २०७७ काठमाडौं  :  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ २८ गतेसम्मका लागि स्थगित गर्ने निर्णय लिएको छ।

शनिबार सिंहदरबारमा समितिका संयोजक ईश्‍वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह‍्‍य हवाई उडान जेठ २८ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ मे १५ सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्‍ने निर्णय गरेको हो।

SHARE