बैशाख १२, २०७७ बागलुङ : कोरोना सक्रमित भनिएकी १९ बर्षकी युवतीको छैटो पटकको स्वाब पनि नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत उनको चौथो रिपोर्ट पोजेटिभ आएको थियो ।
चौथो पटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्।
उनलाई अहिले डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।