बैशाख १२, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार शुक्रबार बेलुकासम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको हो।