बेलायतमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण थालियो

0
434
सांकेतिक तस्बिर

बैशाख १२, २०७७  : बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ।

परीक्षणका लागि दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन्। खोपको परीक्षण गर्नका लागि ८ सयभन्दा बढी मानिसले आफ्नो नाम लेखाएको बताइएको छ। त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र बाँकी आधालाई मेनेन्जाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ।

खोप लगाइने व्यक्तिले भने आफूलाई कुन खोप दिइदैछ भन्ने थाहा हुने छैन, चिकित्सकलाई मात्रै यसबारे जानकारी हुनेछ। कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्न खोप लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ।

SHARE