आरडिटी पोजेटिभ देखिएकी युवतीको पिसिआर नेगेटिभ

0
425

बैशाख ११, २०७७ डडेल्धुरा  : अछामको वान्नीगढी गाउँपालिका ३ बस्ने २० वर्षीया युवतीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

उनको आरडिटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो। स्वाब संकलन गरी धनगढी पठाइएकोमा त्यहाँ परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

डडेल्धुरा बसेर अछाम गएपछि त्यहाँ परीक्षण गर्दा आरडिटी पोजेटिभ देखाइएको थियो। अमरगढी नगरपालिका ६ छचोडामा रहेका उनका आफन्तको समेत र्‍यापिड टेस्ट गरिएको थियो। बुधबार ७ जनाको र्‍यापिड टेस्ट गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको थियो।

SHARE