बैशाख ११, २०७७ काठमाडौं : नेपालमा दुईजना कोरोना रोगी थपिएका छन्। जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना रोगी भेटिएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। त्यसैगरी धनुषाको जनकपुरस्थित एकजना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। यससँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ। अर्कातिर निको हुनेको संख्या पनि ८ पुगेको जानकारी डा देवकोटाले जानकारी दिएका छन्।