बागलुङमा सुरक्षित र सशक्त पत्रकारितामा जोड

0
326

बैशाख ११, २०७७ बागलुङ  : कोरोना महामारीका कारण विश्वभर त्रास फैलिइरहँदा बागलुङका पत्रकारहरूले सुरक्षित र सशक्त पत्रकारितामा जोड दिएका छन्‌।

संक्रमण जोखिमकै बीच पहिलो पंक्तिमा बसेर काम गरिरहेका पत्रकारको सुरक्षा र एक महिनाको भोगाई तथा चुनौतीबारे नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले पत्रकारको भौतिक र आर्थिक सुरक्षाबारे चासो व्यक्त गरिएको हो।

संकटको बेला महासंघ र सम्बन्धित संचारमाध्यम अभिभावक बन्नुपर्ने सहभागीले बताए। ‘फिल्डमै पुगेर रिर्पोटिङ गर्ने पत्रकारको पहिलो काम हो,’ महासंघका पूर्वअध्यक्ष हरिनारायण गौतमले भने, ‘संकटको बेला आउने गलत सूचनाको भेरिफिकेसनमा पनि पत्रकार चुक्न हुँदैन।’ पत्रकारको कामको मूल्यांकनसमेत संकटकै बेला हुने उनले बताए। संचार गृहहरुले पत्रकारलाई संरक्षण गर्नुपर्ने र महासंघले पनि अभिभावकत्व भूमिका खेल्नुपर्ने समेत सहभागीले सुझाव दिए।

महासंघमार्फत सुरक्षा सामग्री उपलब्ध गराउने, सूचना संकलन र भेरिफिकेसनमा सक्रिय बन्ने तथा आफ्नो परिचयपत्रकै आधारमा निर्वाध सूचना संकलनको वातावरण बनाउनुपर्ने उनीहरुको भनाई थियो

SHARE