कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

0
421
फाइल फोटो

बैशाख ११, २०७७ काठमाडौं  : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद र पार्टी विभाजन सम्बन्धी दुई वटा अध्यादेश राष्ट्रपतिबाट जारी गराएपछि असन्तुष्ट बनेको कांग्रेसले आफ्ना भावी रणनिती तय गर्नका लागि बैठक बोलाएको हो। बैठक यही वैशाख १७ गते दिउँसोे १ बजे बस्ने छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

यसअघि मङ्गलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो। त्यस्तै कांग्रेसले हिजो सबै प्रतिपक्षी दलहरुसँग छलफल गरेको थियो।

SHARE