प्रदेश सभाको पाँचौ अधिबेशन अन्त्य

0
496

बैशाख १०,२०७७ रुपन्देही  :  प्रदेश ५ को प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन । देशमा जारी लकडाउनका कारण संसद अधिबेशन स्थगन भएसंगै राजधानी र नामको टुंगो लगाउने अपेक्षा पाँचौ अधिबेशनवाट पनि अधुरौ नै रहन पुगेकोछ ।

संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२ बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

SHARE