कोरोना जोखिम व्यवस्थापन गर्न प्रदेश ५ का प्रत्येक जिल्लालाई ७८ लाख रुपैयाँ

0
597

बैशाख १०, २०७७ रुपन्देही :  प्रदेश ५ सरकारले कोरोना भाइरस जोखिम व्यवस्थापन गर्न बनेका प्रदेशका जिल्ला विपद् व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रदेश विपद व्यवस्थापन कोषमा हालसम्म जम्मा भएको रकमबाट तराई जिल्लाका समितिलाई आठ लाख र पहाडी जिल्लाका समितिलाई ५ लाख रुपैयाँका दरले रकम प्रदान गरिने मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

यसअघि प्रदेश सकारले सबै जिल्लाका स्थानीय तहलाई १३ करोड रुपैयाँ अनुदान दिएको थियो। मन्त्रिपरिषद्को बैठकले वर्ष २०७७ का लागि ६ दिनको विदा अनुमोदन गरेको छ।

SHARE