सरकारविरुद्ध विपक्षीहरुको मोर्चाबन्दी

0
536
sf7df8f}F, !) j}zfv M g]kfnL sfFu|]; kf6L{n] a'waf/ cfof]lht kf6L{ s]lGb|o sfof{no ;fg]kfdf ljkIfL bnsf] a}7sdf ;xefuL g]tfx? . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

बैशाख १०, २०७७ काठमाडौं :  संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकारले जारी गरेका अध्यादेश जुनसुकै हालतमा पनि खारेज गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको छलफलमा विपक्षी दलहरुले अध्यादेश खारेज हुनुपर्ने बताएका हुन्। देश संकटसँग जुधिरहेका बेला संविधानको भावना र लोकतान्त्रिक मूल्य मान्यता विपरित ल्याइएका अध्यादेश खारेज हुनुपर्नेमा विपक्षी दलहरु एकमत भएका हुन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश कु(समय र कुनियतले आएको बताए। सुशासन, लोकतन्त्रिक तरिकाबाट शासन चलाउने र राज्यमा सबै जनताको पहुँच हुनुपर्ने भएपनि एक व्यक्तिको इसारामा राज्य चलाउने गलत नियतले अध्यादेश आएको उनले बताए।

प्रधानमन्त्री अधिनायकवादको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले अहिलेको परिवर्तनलाई उल्ट्याउन अध्यादेश ल्याइएको बताए। कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले संवैधानिक भावना विपरित ल्याइएको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यता कमजोर बनाएको बताए। अध्यादेश फिर्ता सरकारको एकमात्रै विकल्प भएको उल्लेख गर्दै उनले फिर्ता नभए कडा आन्दोलन हुने चेतावनी दिए। देश लक डाउनमा रहेको बेला संसदलाई छलेर अध्यादेश ल्याउने कुरा कुनै पनि हालतमा मान्य नहुने उनले बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यादेश तत्काल फिर्ता गर्न आग्रह गर्नुभयो। आफ्नै पार्टी भित्र समेत कुनै छलफल नगरी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको एकतन्त्रीय कदम भएको उल्लेख गर्दै उनले तत्काल संसद बैठक बोलाएर यसलाई अस्वीकृत गर्नुपर्ने बताए। सरकारले अध्यादेश फिर्ता गर्न तयार नभए जनता आन्दोलनका लागि तयार हुनुपर्ने उनको भनाई छ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक प्रणालीमा प्रहार गर्ने, दलहरुलाई अस्थिर बनाउने र मुलुकलाई अस्थिरता तर्फ लैजाने उद्देश्यले अध्यादेश आएको बताए। संवैधानिक निकायलाई कब्जा गरी लोकतन्त्रलाई दुर्घटनामा पार्ने र मुलुकलाई बर्बाद गरी सर्वसत्तावाद लाद्नका लागि अध्यादेश आएको यादवको भनाई छ। अध्यक्ष यादवले फलानो पार्टीलाई फुटाउन अध्यादेश ल्याइएको हो भनेर अभिव्यक्ति दिनु अपराध भएको समेत बताए।

राष्ट्रिय जनता पार्टी राजापा नेपाका अध्यक्ष मण्डलका संयोजक सरदसिंह भण्डारीले मुलुकलाई सर्वसत्तावाद र निरङ्कुसतावाद तर्फ लैजाने सुनियोजित किसिमले अध्यादेश आएको बताए। मुलुक कोरोनासँग लडिरेहका बेला प्रतिपक्षी दलले समेत सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै उनले विधेयक आउनु व्यक्ति विशेषलाई सुनियोजित ढंगले शक्तिशालि बनाउने परिपाटी निर्माणको संकेत भएको बताए।

सामाजिक दुरी कायम गरेर भएपनि संसद बैठक सञ्चालन गर्नुपर्ने उनले बताए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंगो संसार कोरोनासँग जुधिरहेका बेला नेपाल पनि कोरोनासँग जुध्नु बाहेक अरु विकल्प नभएको धारणा राखेका थिए।

 

SHARE