प्रशासन कार्यलयका कर्मचारीद्धारा राहत कोषमा रकम जम्मा

0
471
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

बैशाख १०,२०७७ गुल्मी  : कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरुद्वारा राहत रकम जम्मा गरिएको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कर्मचारीहरुद्वारा ८० हजार ४ सय ९८ रुपैयाँ राहत रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । उनका अनुसार प्रशासन कार्यालयमा कार्यरत २८ जना कर्मचारीबाट उक्त रकम जम्मा गरिएको हो ।

SHARE