अध्यादेशबारे सांसदहरुसँग छलफलमा जुटे ओली-प्रचण्ड

0
280

बैशाख १०, २०७७ काठमाडौं  : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरिएका दुई अध्यादेशबारे सांसदहरुसँग छलफल थालेका छन्। उनीहरुले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी दुई अध्यादेशबारेमा आफ्नो दलका सांसदहरुसँग छलफल थालेका हुन्।

दुई अध्यक्षले प्रधानमन्त्री निवास बालुवटारमा सुदूरपश्‍चिम प्रदेशका सांसदहरुबाट छलफल थालेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार यो छलफलमा अध्यादेशसहित अन्य विषय पनि एजेण्डा छन्। छलफल सोमबार जारी दुई अध्यादेश, पछिल्लो राजनीतिक घटना, पार्टीको स्थापना दिवस, नेकपा आगामी कार्यभार र कोरोनाविरुद्ध अभियान लगायतबारेमा केन्द्रित रहेको छ।

प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत मात्रै मत भए पनि विभाजन गर्न सकिने व्यवस्थासहितको अध्यादेश पारित गराएपछि अर्का अध्यक्ष प्रचण्ड रुस्ट छन्। अध्यादेशका कारण नेकपाका पूर्व एमाले र पूर्व माओवादी घटकबीच पनि गहिरो मतभेद देखिएको छ।

दुई अध्यक्षबीच विवाद बढिरहेको चर्चा भइरहेका बेला दुवै अध्यक्ष बालुवाटारमा जुटेर सांसदहरुसँग छलफल थालेका हुन्। यो छलफलमा अध्यादेशपछिको विकसित अवस्थामा पार्टीले चाल्ने सम्भावित रणनीतिबारे दुई अध्यक्षले आफ्ना सांसदहरुसँग सुझाव लिने भएका छन्।थाहाबाट

SHARE