तातोपानी नाकाबाट स्वास्थ्य सामग्री नेपाल ल्याइँदै

0
285

बैशाख १०, २०७७ काठमाडौं स् तातोपानी नाका भएर चीनबाट भित्र्याइने अत्यावश्यक मेडिकल सामग्री आज नेपाल ल्याइँदैछ। हिजो दुई ट्रक सामग्री तातोपानी सीमा नाकासम्म आइपुगेकाले आज १२ देखि १४ घन्टासम्म परीक्षण र डिसइन्फेक्सन गरेर नेपाल भित्र्याउने तयारी गरिएको हो।

सामग्री जाँच र परीक्षण गर्ने काम अहिले केहीबेरदेखि सुरु गर्ने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। मेडिकल सामग्रीमा २० हजार थान कोरोना परीक्षण किट, मास्क, सेनिटाइजर, थर्मलगनलगायत छन्। सामानहरुलाई आइसोलेशनमा राखेर डिसइन्फेक्सन गरेपछि आज बेलुकासम्म काठमाडौं पठाइने खत्रीको भनाइ छ।

SHARE