चट्याङ लागेर गलकोटमा एक महिलाको ज्यान गयो

0
492

बैशाख १०, २०७७ बाग्लुङ  :  गलकोट नगरपालिका–१ दुदिलाभाटीमा चट्याङले लागेर एक महिलाको ज्यान गएको छ। मंगलबार दिउँसो परेको चट्याङबाट करिब ६० वर्षीया बिजुली खत्रीको ज्यान गएको हो।

घरमै रहेका बेला चट्याङले लागेर बेहोस भएकी बिजुलीलाई उपचारका लागि अस्पताल पु¥याएपछि ज्यान गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए। यस्तै, उनीसँगै रहेका उनका पति करिब ६५ वर्षीय श्रीमान सोमबहादुर सामान्य घाइते भएका छन्। मृतक खत्रीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भैरहेको वडाध्यक्ष बुढाथोकीले बताए। चट्याङ परेका बेला घरमा श्रीमान श्रीमती मात्रै रहेको स्थानीयले बताएका छन्।

SHARE