कोरोना सर्तकताका लागि प्रदेश पाँचको मोवाइल एप संचालन

0
499

बैशाख १०, २०७७ बुटवल : प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण सतर्कताका लागि ‘नेपाल कोभिड–१९ ट्रेसिङ’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ।

डाटाबिना नै मोबाइलमा प्रयोग गर्न मिल्ने गरी बनाइएको यस एपले प्रकोपविरुद्ध लड्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश सरकारको भनाइ छ। अफलाइनमा पनि चलाउन मिल्ने र संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने प्रदेश सरकारले जनाएको छ। यो एपले कोभिड–१९ का संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको विवरण पत्ता लगाउन मद्दत गर्नेछ।

एप्स प्रदेश ५ मुख्यमन्त्री पोर्टल http://cm.p5.gov.np मा गई डाउनलोड गर्न सकिने छ। ‘ब्लुटुथ’मा आधारित भएकाले नियमित इन्टरनेट वा मोबाइल डाटा प्रयोग गरिरहन नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेका छन्। अफलाइन चलाउँदा संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने सुविधा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए।

SHARE