बैशाख ९, २०७७ काठमाडौं : कोरोना भाइरस अर्थात कोभिड १९ को परीक्षणको संख्या करिब ३७ हजार पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजसम्म पीसीआर र र्यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी विधिबाट गरी ३६ हजार ७ सय १९ वटा परीक्षण गरिएको जानकारी दिएका छन् । उनले आरडिटी विधिबाट मात्र हालसम्म २७ हजार ९५६ वटा परीक्षण गरिएको बताएका छन् ।
जसमध्ये प्रदेश नम्बर १ मा २ हजार ६२०, प्रदेश नम्बर २ मा ३ हजार ५९८, बागमती प्रदेशमा ५ हजार १५७, गण्डकी ४ हजार १८३, प्रदेश नम्बर ५ मा २ हजार ४८३, कर्णाली प्रदेशमा ३ हजार ७३८, सुदुरपश्चिम प्रदेशमा ६ हजार १७७ वटा रहेको छ।