पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

0
304

बैशाख ८, २०७७ काठमाण्डौ ः सूर्यविनायक नगरपालिका–५, कटुञ्जेस्थित सूर्यनगर टोल विकास समाजले भक्तपुरका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ।

समाचार संकलनका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै समाजले सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो। समाजका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईंले सञ्चारकर्मीहरुलाई सामग्री हस्तान्तरण गर्दै सञ्चारकर्मीले आफ्नो सुरक्षाको ख्याल गर्दै समाचार संकलन गर्नुपर्नेमा जोड दिए।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाईंमा जोखिम मोल्दै अहोरात्र कार्यक्षेत्रमा खट्ने पत्रकारहरुका लागि सुरक्षा सामाग्री प्रदान गरिएकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले समाजलाई धन्यवाद दिए। समाजले भक्तपुरको सल्लाघारी क्षेत्रमा रहेका विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने विपन्न २८ मजदुरलाई समेत खाद्यान्न प्रदान गरिएको समाजका अध्यक्ष बालकृष्ण न्यौपानेले जानकारी दिए।

SHARE