सरकारी सवारीको रजाँई : चैत ६ गतेदेखि जिल्लामा छैनन कार्यलय प्रमुख

0
308

तिलाचन पाण्डे
बैशाख ७,२०७७ गुल्मी  : देश लडाउनकमा रहेका बेला कार्यलय प्रमुखहरु कार्यलयमै रहने र अन्य कर्मचारीहरुलाई आवश्यकताको आधारमा बिदा दिने हुन्छ । तर गुल्मीका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलयका डिभिजन प्रमुख यमनारायण श्रेष्ठ सरकारी गाडी लिएर गत चैत ६ गते देखी जिल्लामा छैनन् ।
उनले कार्यलयको बा २ झ १४१३ नं गाडी लिएर आफै प्रयोग गरिरहेका छन् । यति मात्रै होइन उनको कार्यलयमा सवारी चालक भएपनि आफै चलाउने र आफनै घर चितवनमा गाडी लगेर राखेका छन् । उनले सरकारी गाडी पनि रजाँई गरेको पाइएको छ ।
बिना स्विकृत सवारीको रजाँई
यति मात्रै होईन उनी जिल्लाबाहिर जाँदा जिल्ला प्रशासन कार्यलय गुल्मीको स्विकृती समेत लिनुपर्दछ र जिल्ला प्रशासन कार्यलयमा जानकारी हुनुपर्दछ । यी सबै प्रक्रिया पुरा नगरि सरकारी सवारीको दुरुपयोग गर्दै कार्यलय प्रमुख जिल्लामा नहुनु र जानकारी बिना हिडनु दुःखद भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
यस बिपदको समयमा जिल्लामा सवारी साधन पनि कम भएकाले कहि कतै केही भैहाल्यो भने पनि सवारी साधन पनि अभाब हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ । जिल्ला प्रशासन कार्यलय स्रोतका अनुसार सिंचाई बिकास डिभिजन प्रमुख जिल्ला प्रशासन कार्यलय गुल्मीको नियमित कार्यलय प्रमुखहरुको बैठकमा समेत उपस्थित नहुने गरेको कार्यलयले जनाएको छ ।
तुरुन्त जिल्ला आउँन निर्देशन
जिल्ला प्रशासन कार्यलयले भने कार्यलय प्रमुखहरु जिल्ला रहनुपर्ने भन्दै जानकारी गराउँदा समेत उहाँले सरकारी गाडी लिएर जिल्लामा नभएकाले बिना जानकारी जिल्लामा नरहेकाले तुरुन्तै जिल्ला आउँनका लागि निर्देशन दिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । यस्तै निर्वाचन कार्यलय गुल्मीका प्रमुख कार्यलयमा नभएको जानकारी भएकाले सबै कार्यलय प्रमुखहरुलाई कार्यलयमा रहनाका लागि निर्देशन दिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
लकडाउन खुले पछि जिल्ला आँउछु
यता डिभिजन प्रमुख यमनारायण श्रेष्ठले भने आफू जिल्लामा लकडाउन खुलेपछि मात्र आउने टेलीफोनमा बताएका छन् । उनले जिल्लामा आएर तत्काल केही काम पनि नभएकाले आफू परिवारसंग आनन्द बसेको बताए । यो समयमा बिकास निर्माण र कार्यलयको खासै कामा हुदैँन त्यसैले लकडाउन खुलेपछि आफू जिल्लामा आउने बताए ।

SHARE