बाढीका कारण निर्माणधिन पुलमा करोडौको क्षती

0
401
गुल्मी, बैशाख  :  जिल्लाको इस्मा कल्याण र पौदी अमराई जोड्ने निर्माणधिन पक्की पुलको बाढीका कारण करोडौंको सामग्री नोक्सान भएको छ । गत बुधबार आएको बाढीले निस्ति खोलामा निर्माणाधिन निस्ति खोलाको पक्की पुलका सामग्री छेत्विच्छेत बनाएपछि करोडौंको नोक्सान भएको हो ।
लकडाउन भन्दा अगाडि नै ढलानको तयारी अवस्थामा रहेको पुलको सामग्री बाढीले बगाएपछि पुल नै जोखिममा परेको छ । अकस्मात् आएको बाढीले ढलानको तयारीमा रहेको निमार्णाधिन पुलको सतहको सामान बगाएपछि निर्माण व्यवसायीको करोडौँको नोक्सान हुन पुगेको निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले बताए । जेठ २५ गतेसम्म अन्तिम म्याद भई सम्पन्न गर्नुपर्ने उक्त पुलको सामग्रीहरु खोलाले बगाएपछि निर्माण कार्य पछि गएको निर्माण व्यवसायी श्रेष्ठको भनाई छ ।
४२ मिटर लम्बाई रहेको उक्त पुलको २१ मिटरको ढलान भईसकेको, अर्को स्पानमा ढलानको तयारीमा रहेको थियो । तर बाढीले पुलको निर्माण सामग्री बगाएपछि निर्माणको कार्य पछि धकेलिएको हो । पुलको निर्माण सामग्री बाढीले बगाएर ५ किलोमिटर तल पुल निर्माणका सामग्रीहरु खोला भरी छरिएर रहेको स्थानीय रामु केसीले जानकारी दिए ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीबाट गजुरमुखी हरी हरी जे.भी.ले पुल निर्माणको जिम्मा लिइएको थियो ।
बाढिले निर्माण सामग्री बगाउँदा करोडौँको नोक्सान हुन पुगेको उक्त पुलका सुपरभाइजर कमल पुनले बताए । उनका अनुसार निर्माणाधिन पुलको सतहमा रहेको पलाईउड, छड, फलामको टेका, हुयमपाइप,जेनेटर, पम्पसेट, ब्रेकर, जग क्लाम्बु, सिमेट, गिटी, बालुवा, जिआई रेलिङ पाइप ग्यावीन जाली लगायतका समग्री बाढीले बगाएपछि करोडौँको नोक्सान भएको हो । २ करोड २५ लाखको लागतमा पुल निर्माण हुन लागेको थियो ।
SHARE