साझा पार्टीको सहप्रवक्तामा पाठक नियुक्त

0
644

बैशाख ७, २०७७ काठमाडौं  :  साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई हप्रवक्ता नियुक्त गरेको छ। उनले गत तीन वर्षदेखि प्रवक्ताको जिम्मेवारी निभाउँदै आएका डा सूर्यराज आचार्यलाई सहयोग गर्ने साझा पार्टीले जनाएको छ।

नीति विभागको प्रमुखका रूपमा आचार्यले पार्टीको नीतिपत्रहरूको निर्माणमा ध्यान केन्द्रीत गर्ने जनाइएको छ। ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। उनी गत संघीय निर्वाचनमा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मे‍दवार बनेका थिए।

SHARE