विपन्‍न र गरिबलाई लगेको राहत लुट्ने पाँच पक्राउ

0
287

बैशाख ७, २०७७ पर्सा : स्लकडाउनमा ज्याला मजदुरी गरी खाने अर्को टोलका विपन्न र गरिबलाई दिन लाँदै गरेको राहत सामग्री लुटपाट गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राहत सामग्री लुटपाट गर्न खोज्ने ५ अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

कोरोना महामारीमा आमगरिब तथा विपन्नको हातमुख जोड्ने विकल्पका रुपमा विश्वमा राहत वितरण पनि बिरामीको उपचार झैं अत्यावश्यक छ। त्यो कुरामा पनि अवरोध गर्ने पर्सागढी नगरपालिकाले वडा नम्बर ५ का पाँचैजना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए। राहत नै लुटपाट गरी लगेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको उनको भनाइ छ।

आम मानिसको सुरक्षाका लागि विश्व नै लागिरहेको समयमा पर्सागढी नगरपालिकाले पनि आफ्नै नगरक्षेत्रभित्रको ५ नम्बर वडाका विपन्न र ज्याला मजदुरी गरेर खानुपर्ने बाध्यताका मानिसलाई दिन पठाएको राहत ती अभियुक्तले बाटैबाट लुटपाट गरेको पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवले बताए।

अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र एकटाँगाको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइको छ। पक्राउ पर्ने पाँच अभियुक्तहरु पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुमुखी टोलकै रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अभियुक्तमध्ये सबैभन्दा पाका उमेरका सोही वडाका ५५ वर्षीय दर्शन रायभर रहेका छन्। उनीसँगै पक्राउ पर्नेहरूमा ४० वर्षीय चन्द्रिका पटेल, २८ वर्षीय श्याम कुमार शर्मा, २२ वर्षीय चन्द्रकिशोर साह र १८ वर्षीय सम्सुल हवारी रहेको पर्साका प्रहरी नायव उपरीक्षक शाहीले बताए। उनीहरूले जोर(जुलुम, होहल्ला तथा राहत बाँड्ने व्यक्तिमाथि हातपात गरी राहत लुटपाट गरेको अभियोगमा अनुसन्धान थालिएको नायव उपरीक्षक शाहीको भनाइ छ। कुन कानुन आकर्षित हुन्छ सोहीअनुसार कारबाही हुने पनि उनले बताए। अभियुक्तहरुले आफ्नो टोलले पनि राहत पाउनुपर्ने भन्दै राहत खोसेको जनाएका छन्।थाहाबाट

SHARE