बैशाख ७, २०७७ बाग्लुङ : भीर मौरीको मह निकाल्न जंगलमा जाँदा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। गल्कोट नगरपालिका–५ का ३३ वर्षीय पुरन रानाको शनिवार राति भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी साथीहरुसँग सोही वडा नम्बरको कौलेनीको जंगल मौरीको मह निकाल्न शनिवार साँझ घरबाट निस्केका थिए। अरु केही युवाहरु घाइते भएको प्रहरी निरीक्षक हेम केसीले बताए। रातको समयमा सावधानी नपनाएका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।