तिलाचन पाण्डे
बैशाख ६,२०७७ गुल्मी : बाग्लुङको जैमनी नगरपालिका कुश्मिशेरामा काम गदै आएका नौ जना बार्के बर्दियाका मजदुरहरु चार दिन पैदल हिडेर तम्घास सम्म आए उनीहरुलाई कसैले खान र बस्न सोधेन । तर शुक्रबार पैदल यात्रा गर्दै रेसुंगा नगरपालिका सम्म आएका उनीहरुलाई नगरपालिकाले खाने ब्यबस्था सहित महेन्द्र माध्यमिक बिधालयको क्वारेन्टाइनमा राखी शनिवार यातायातको ब्यबस्थापन गरि पठायो ।
महेन्द्र माध्यमिक बिधालयको मैदानबाट गाडीमा चडने समयमा बाके जिल्लाका रामकृष्ण चौधरीले रेसुंगा नगरपालिकाका मेयर हामीहरुका लागि भगवान जस्तै भएको बताए । उनले यसरी चारदिनसम्म पैदल हिडेर आउँदै गर्दा बिच बाटेमा पनि स्थानीय सरकारहरु थिए तर कसैले पानी पनि नसोधेको भन्दै यसरी हामीहरुलाई सबै ब्यबस्था गरिदिएकोमा हाम्रा लागि रेसुंगाका मेयर भगबान नै भएको बताए ।
यस्तै स्थायी घर बार बर्दिया नगरपालिका बर्दियाका ३८ बर्षिय तीर्थबहादुर खत्रीले ठेकेदारले एक हजार दिएर भागे यति राम्रो ब्यबस्था गर्ने मेयरले हामीहरुलाई गरेको सेवाले सधै भलो हुने बताए । उनीहरुले हामीहरुलाई यस्तो राम्रो ब्यबस्था गरेको भन्दै नगरप्रमुख लगायत रेसुंगा नगरपालिकालाई धन्यबाद समेत दिएका छन् ।
यता रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले समस्यामा परेका जनताको सेवा गर्नमा पछि नपर्ने बताएका छन् ।
लकडाउनका कारण बिभिन्न ठाउँबाट पैदल यात्रा गर्दै तम्घास सम्म आएका मजदुरहरुलाई खाने संगै क्वारेन्टाइनमा बस्ने ब्यबस्था मिलाउँदै भुसालले उनीहरुलाई सम्बन्धित ठाउँसम्म पुर्याउन पछि नपर्ने बताए । उनले नगरपालिकामा बिभिन्न समस्या संगै खान नपाएर दुः ख पाइयो भनेर कसैले भन्न नपर्ने समेत दाबी गरेका छन् ।
हामी जनताको सेवा गर्न आएका हौ सेवा गछौ सेवा नै धर्म हो भन्ने मान्यताका साथ बिभिन्न ठाउँहरुबाट पैदल यात्रा गरी तम्घास सम्म आएका करिब एक सय जनालाई खानाको ब्यबस्था गरिएको र ५० जना अलपत्र परेकालाई यातायातको ब्यबस्था गरि बाके , बर्दिया लगायतलाई सम्बन्धित ठाउँहरुमा जाने ब्यबस्था मिलाएको उनले बताएका छन् । नगरपालिका भित्र दैनिक ज्यालादारी गर्ने मजदुरहरु र नगरपालिका भित्रका अति बिपन्न एक हजार ४९१ परिवारलाई खाद्यन्न बितरण गरेका रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले खबरमार्केट डटकमलाई जानकारी दिए ।