बैशाख ६, २०७७ धरान : धरान उपमहानगरका सुचना अधिकारिलाई अत्यधिक मादक पदार्थ पिएर लडेको अवस्थामा भेटेपछि वडा प्रहरी कार्यालयले रातभर राखेको छ।
धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई रातभर पुलिस हिरासतमा राखिएको हो। अधिकृत खतिवडा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि अत्यधिक मादक पदार्थ पिएर लडेको अवस्थामा भेटिएपछि वडा प्रहरी कार्यालयको टोलीले निकालेको थियो।
प्रहरी स्रोतका अनुसार खतिवडा मान्छे चिन्न सक्ने अवस्थामा खतिवडा थिएनन्। गस्तीमा रहेको सिआरभीको टोलीले भेटेर घर पुर्याउन खोज्दा उल्टो दुर्व्यवहार गरेपछि उनलाई वडा प्रहरी कार्यालय लगिएको थियो।राति करिब साढे ९ बजेतिर खतिवडा अत्यधिक मादक पदार्थ पिएर सरकारी मोटरसाइलमा भानुचौकबाट घरतिर आउँदै थिए।