यस वर्षको पहिलो उल्का वर्षा आज रातिदेखि सक्रिय हुँदै

0
625

बैशाख ४, २०७७ काठमाडौं स् यो वर्षको पहिलो उल्कावर्षा ’वीणा उल्कबर्षा’ आज रातिबाट सक्रिय हुँदैछ। यो उल्कावर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले जनाएको छ।

यसअवधिमा हरेक उल्का एक समय अत्यधिक सक्रिय हुन्छन्। यस्ता उल्कावर्षाहरु बिस्तारै देखिँदै मध्यसमयतिर अत्यधिक सक्रिय हुन्छन। अनि बिस्तारै सक्रियता घट्दै जाने नासोले जनाएको छ। हालसम्मको अवलोकन तथा अनुसन्धानबाट यो वर्ष वीणा उल्का वर्षाको अत्यधिक गतिविधि नेपाली समयानुसार वैशाख ९ र १० गते राति दृश्यावलोकन गर्न सकिने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।

वैशाख ९ र १० गते राति साढे १० बजेपछि बिहान सुर्योदय अघिसम्म उल्काबर्षा देख्न सकिनेछ ।अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ। थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भाई जलेर नस्ट हुदा यो उल्का बर्षा देखिने गर्दछ। थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ। नासोले जनाएअनुसार पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन्, जुन लाखौँ किलोमीटरसम्म फैलिन सक्छन्।

यसरी फैलिएका धुलोका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन्। परिक्रमा गर्ने क्रममा ती धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिँदा उल्का देखिने नासोका अध्यक्ष भट्टराई बताउँछन्। उनका अनुसार यदि यस्तो दृश्यमा १० वा त्यसभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्‍ने गरिन्छ। थाहाखबरबाट साभार

SHARE