जनआन्दोलनको रकम अस्पताललाई

0
374

बैशाख ४, २०७७ बुटवल  : जनान्दोलन २०६२÷०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ।

बुटवलका समाजसेवी बावुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि बुधबार हस्तान्तरण गरिएको हो। संयोजक भट्टराईले सो रकम प्रदेश सरकारका उदोग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई हस्तान्तरण गरे।

उक्त समयमा कोषमा जम्मा भएको रकममध्ये जनान्दोलनका घाइतेको उपचार गरेर केही बचत रहेको थियो। तत्कालीन अवस्थामा घाइतेको उपचारबाट बचेको रकमबाट लुम्बिनी अंचल अस्पतालमा बिरामी प्रतीक्षालय निर्माण गरी बाँकी पाँच लाख ८७ हजार ४९५ कोरोना उपचारका लागि बनाइएको कोषमा हस्तान्तरण गरिएको हो। उक्त रकम बैंकमा रहिरहनाको कुनै औचित्य नरहेकाले अहिलेको विशेष परिस्थितिमा अस्पताल निर्माणका लागि बाँकी रकम हस्तान्तरण गरिएको अध्यक्ष भट्टराईले बताए।

SHARE