डोटीमा कार दुर्घटना, ६ घाइते, दुई गम्भीर

0
337

बैशाख ३, २०७७ डडेल्धुरा  : अत्तरिया(डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका(१ घण्टेश्वरको घोरडीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से१च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार शम्भुसिं धामीले जानकारी दिए। बिहान करिब ९ बजेर ४५ मिनेट जाँदा दुर्घटनामा परेको कार सडकदेखि झण्डै तीन सय मिटर तल खसेको जनाइएको छ । प्रहरीका अनुसार कारमा सवार चालकसहित ६ जना सबै घाइते रहेको छन्। चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित ४ जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिइएको पाइएको प्रहरीले जनाएको छ।

कारमा दुई साना बालबालिका सवार रहेको र दुई जनाको सवारी पासमा नखुलाइएको बुझिएको छ। घटनामा परी घाइते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ। प्रहरीका अनुसार एलिजा र मान्धरीको अवस्था गम्भीर रहेको छ। उनीहरूको उद्दार गरी पद्मा अस्पताल कैलालीमा उपचारका लागि पठाउने तयारी भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।

SHARE