
बैशाख ३, २०७७ पर्वत : पर्वतमा कोरोना भाइरस संक्रमणको शंकामा ३११ जनाको नमुना परीक्षण गरिएका छ। उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिए।


भारत र अन्य देशहरूबाट भित्रिएकाहरूको तथ्याङ्क स्थानीय तहहरूबाट लिएपछि प्रत्येक स्थानीय तहमा पुगेर सबैको परीक्षण गरिएको डा। देवकोटाले बताए। उनका अनुसार पहिलो चरणमा तेस्रो मुलुकबाट आएका ६६ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो।
उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएपछि पुनः भारतबाट आएका सबैको ¥यापिड डाइगोनिष्ट टेस्ट ९आरडिटी० गरिएको थियो। भारतबाट चैत सुरु भएपछि २४३ जना पर्वत आएका थिए। उनीहरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।
