रुखाखोकी ज्वरो आएका न्यायाधीश र वकिललाई अदालत प्रवेशमा रोक

0
268

बैशाख ३, २०७७ काठमाडौं  : बन्दाबन्दीको समयमा अदालतमा हुने सुनुवाइमा दुई न्यायाधीशबीच कम्तीमा एक मिटरको दूरी कायम गर्नुपर्ने भएको छ।

सर्वोच्च अदालतको पूर्ण बैठक ९फुल कोर्ट०को निर्णयअनुसार मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले मातहतका अदालतमा परिपत्र जारी गरेका हुन्। परिपत्रअनुसार सुनुवाइ व्यवस्थापन गर्न निर्देशन दिइएको छ । निर्देशनअनुसार अभियोगपत्र दर्ताका क्रममा प्रहरी, सरकारी वकिल, अभियुक्त वा अदालतका कर्मचारीको दूरी कम्तीमा एक मिटर कायम राख्न पनि निर्देशनमा उल्लेख छ। संयुक्त इजलासको हकमा दुई न्यायाधीशबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्नेछ। “संयुक्त इजलासमा बस्ने न्यायाधीशहरूबीचको दूरी सम्भव भएसम्म एक मिटरभन्दा बढी कायम राख्ने व्यवस्था गर्ने”, सर्वोच्चको परिपत्रमा स्पष्ट गरिएकोे छ।

यस्तै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्थाअनुसार हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले जमानतमा छाड्न सक्ने व्यवस्था उपयोग गर्न सरकारी वकिल कार्यालय र अनुसन्धान अधिकारीलाई ध्यानाकर्षण गराउने पनि निर्देशनमा उल्लेख छ। परिपत्रमा चारजना वा सोभन्दा बढी न्यायाधीश भएको जिल्ला र उच्च अदालतमा एक दिनमा बढीमा ५० प्रतिशत न्यायाधीश र सोहीअनुसार न्यूनतम सङ्ख्यामा मात्र कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन भनिएको छ। पक्राउ पुर्जीको समर्थन लिन वा म्याद थपका लागि अदालत ल्याउँदा धेरै प्रतिवादीलाई एउटै सवारीसाधनमा नल्याउन अदालतले ध्यानाकर्षण गराउने गरी परिपत्र भएको छ।

रुघाखोकी लागेका, ज्वरो आएका र कुनै सङ्क्रामक रोगको लक्षण देखिएका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायीलाई अदालत प्रवेशमा रोक लगाउन पनि परिपत्रमा उल्लेख छ। अभियोगपत्र दर्ता भएपछि अभियुक्तको बयान गराउन सम्भव हुने(नहुने तत्काल विचार गरी पालो नआउने देखिएमा बयानका लागि मिति तोक्न निर्देशनमा व्यवस्था छ।थाहाबाट

SHARE