बैशाख २, २०७७ काठमाडौं : लकडाउन अवधिभरमा मादक पदार्थ पिएर सवारी साधन सञ्चालन गरेका माथि कारवाही भएको छ। मापसे गरेर चलाइएका सवारीसाधनलाई लकडाउनभर नियन्त्रणमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
यस अवधिमा २१ जनाले मापसे गरेर सवारी साधन चलाएको उनले बताए। तिनीहरुको सावारी साधन नियन्त्रणमा राखिएको उनले जानकारी दिए। लकडाउन खुलेपछि कारवाही प्रक्रिया अगाडि बढाउने उनले प्रष्ट पारे। नेपाल सरकारले पूर्ण लकडाउनको पालना गर्न आदेश दिएपनि उपत्यकामा ८ हजार ४ सय ८५ साना तथा ठूला सवारी साधनले उल्लंघन गरेका छन्।मोटरसाकलले बढी उल्लंघन गरेको उनले बताए। ति सबैलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालयले अतिआवश्यक सवारी साधनको पास उपलब्ध गराएपनि पासको अत्यधिक दुरुपयोग गरिएको उनले बताए। ट्राफिक महाशाखाको तथ्यांक अनुसार १९ सय सवारी साधनले पासको दुरुपयोग भएको थियो। पासलाई नियन्त्रण राखेको छ। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पतालमा लगिएका एकै परिवारका तीनजनामध्ये दुई जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।थाहाबाट