लकडाउन कम्तीमा एकसाता थपिने

0
371

बैशाख २, २०७७ काठमाडौंं :  लकडाउन लब्याउनेबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।

बैठकले बन्दाबन्दी लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ। मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यस पछि दुई पटक थपिएको लकडाउनको समय भोलि सकिँन लागेको छ।

हिजो मात्रै नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ।

SHARE