खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु

0
339

चैत ३०, २०७६ काठमाडों : खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं –१,फेदीको तोमानेमा शनिबार राति चट्याङ पर्दा ३८ वर्षीया निर्मला बिक र १५ वर्षीय राजमणि राईको निधन भएको खोटाङका संघिय सांसद विशाल भट्टराईले जानकारी दिए।

उनले भने ‘ फेदीमा २ जनाको मृत्यु भएको छ २ जना गम्भीर घाइते हुनुहुन्छ, घाइतेको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।’ गम्भीर घाइते हुनेमा मृत्यु हुने निर्मलाकै छोरा आसन बिक र छोरी मनकला बिक रहेको खोटाङ प्रहरीले जनाएको छ।

SHARE