चैत ३०, २०७६ कञ्चनपुर : कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीलाई पक्राउ गर्न जिल्ला अदालत कञ्चनपुरले प्रहरीलाई अनुमति दिएको छ।
शाहीविरुद्ध प्रहरीले अदालतमा हातहतियार खरखजना ओसारपसारको मुद्दा दर्ता गरेपछि पक्राउका लागि अनुमति पाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। चैत २५ मा डिएल ३ सिसिआर ३९९७ नम्बरको भारतीय गाडीमा वडाध्यक्ष शाहीको पहिचान खुल्ने एटिम कार्ड र नगद रकमसहित दुई थान हतियार सशस्त्र प्रहरीले बरामद गरेको थियो।