चैत २९, २०७६ काठमाडौं : कोरोना रोकथाम तथा न्यूनीकरणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कनफ्रेन्सबाट कुराकानी गर्न लागेका छन्।
कोरोना रोकथामका लागि सरकार र प्रदेश सरकारको समस्या र अवस्थाबारे जानकारी लिन भिडियोमार्फतबाट कुराकानी गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले भने, कोरोना रोकथाम र न्यूनीकरणको विषयलाई लिएर अहिले ११ बजे प्रधानमन्त्री भडियोमार्फत छलफल गर्दै हुनुहुन्छ उनले भने, सरकारी तयारी र प्रदेशभित्रको अवस्थाबारे उहाले जानकारी लिनु, दिनुहुन्छ।
संघीय सरकार र प्रदेश सरकारको समन्वय अभावमा लकडाउनमा दुई दिनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेलाई घर जान दिने भनी सरकारले गरेको निर्णयको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो। कोभिड९१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले विज्ञप्ति निकालेर कुनै निर्णय नभएको दाबी जानकारी गराउनुपरेको थियो।