चैत २७, २०७६ काठमाडौं : सरकारले भोलि र पर्सी दुई दिन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि गाडी खुलाउने कुनै निर्णय नभएको जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले त्यस्तो कुनै निर्णय नभएको बताएका छन्।
यसअघि समितिले दुई दिन उपत्यकाबाट बाहिरिने गाडीलाई दुई दिन चल्न दिने भनेर कुनै निर्णय नभएको पनि पोखरेलले उल्लेख गरेका छन्। ‘भोलि र पर्सी काठमाडौं प्रवेश गर्न नपाइने तर बाहिर जान भने खुला गर्ने निर्णय गरिएकोु भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यम खासगरी सामाजिक सञ्जालमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानकर्षण भएकोु, उनले भनेका छन्, यस किसिमको कुनै निर्णय नभएको, कोभिड(१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ लक डाउन लाई जारी राखिएको छ।