उदयपुरमा डढेलो, पाँच सय हेक्टर जंगल नष्ट

0
521

चैत २६, २०७६ उदयपुर : कोरोना भाईरस रोकथामको लागि सरकारले गरेको लकडाउनकै बीचमा उदयपुरको वनमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ।

सदरमुकाम गाईघाट आसपास चुरेसँग जोडिएका जंगल, पूर्वी भेगका विभिन्न सामुदायीक वन उपभोक्ता समूहका सयौं हैक्टर जंगल डढेलो लागेको स्थानीयले बताएका छन्। साता दिनयता जिल्लाका सबैतिर गरी ५ सय भन्दा बढी हेक्टर जमिनमा डढेलो लागेको स्थानीयको भनाइ छ। त्रियुगा नगरपालिकाको १, २, ३, ५, ६, ७ नम्बर वडा, चौदण्डीगढी नगरपालिकाको ५, ९ र १० वेलका नगरपालिकाको २ नम्बर वडाका वनहरुमा डढेलो लागेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ।

लकडाउननको कारण वन समूहका पदाधिकारी पनि घरमै बस्नु परेको कारण डढेलो नियन्त्रण गर्न सकिएको छैन। सुर्योदय, चुरिया, बुलबुले कंग, ईन्द्रावती लगायतका वन समूहमा डढेलो लागि वन पैदावार तथा वन्य जन्तु नष्ट भएका छैन। जिल्लाका कटारी चौदण्डीगढी र बेलका नगरपालिकाभित्रका विभिन्न सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जंगलमा पनि केहीदिनयता ठाउँठाउँमा डढेलो लागेर क्षति भइरहेको वन कार्यालयले जनाएको छ। त्रिवेणी डिभजिन वन कार्यालय कटारीको मातहतमा रहेका करिव १ दर्जन सामुदायीक वनमा लागो लागेको छ। नेपालटार सव डिभीजनको सक्रियता र सामुदायीक वा उपभोक्ताले आग्लागी नियन्त्रणमा लिएको स्थानीय गुरुबहादुर राउतले बताए।

जिल्लाभरी ३ सय ४५ वटा सामुदायिक वन उपभोक्ता समूह गठन गरेर हस्तान्तरण गरिसकेको जिल्ला वन कार्यालयले सकेसम्म डढेलो लाग्न नदिन विभिन्न उपाय अपनाउदै आएको डिभिजन वनक कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए।

SHARE