चैत २४, २०७६ काठमाडौं : सरकारले कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यसैगरी नेपाल राष्ट्र बैकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । लगानि वोर्डका कार्यकारि प्रमुख रहेका अधिकारी हालका अर्थमन्त्री युवराज खतिवडा नेपाल राष्ट्र बैकको गभर्नर रहेका बेला डेपुटी गभर्नरमा कार्यरत थिए ।