गुल्मीमा भारतबाट आएका ३१ जना क्वारेन्टाइनमा

0
584

तिलाचन पाण्डे
चैत १५,२०७६ गुल्मी : गुल्मीमा भारतबाट आएका ३१ जनालाई कवारेन्टाइनमा राखिएको छ ।
बिगत चारदिन पहिले भारतबाट आएका धुर्कोटका १० जना , इश्माका ११ जना र मालिका गाउँपालिकाका १० जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।
धुर्कोट गाउँपालिकाको परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा पाँच जना र निन्युखर्क माध्यमिक बिधालयमा पाँच जना गरि भारतबाट आएका १० जनालाई गाउँपालिकाले सबै ब्यबस्थापन गरि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । क्वारेनटाइनमा बसेका सबैलाई नयाँ बिस्तारा सेट , अलग अलग साबुन , बाल्टी लगायत उनीहरुले प्रयोग गर्ने सामानहरु अलग अलग रुपमा बयबस्थापन गरिएको पोखरेलले जानकारी दिए ।
यस्तै मालिका गाउँपालिकाको अर्जे माध्यमिक बिधालयमा १० जनालाई राखिएको मालिका गाउँपालिका वडा नं ६ अर्जेका वडा अध्यक्ष एबम गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
यस्तै इश्मा गाउँपालिकाको सरस्वती निम्न माधमिक बिधालयमा ११ जनालाई गाउँपालिकाले ब्यबस्थापन गरी राखेको इश्मा गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइनमा राखेका सबैलाई सम्बन्धित गाउँपालिकाका भएको र सबै ब्यबस्थापन गाउँपालिकाले गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

SHARE