
चैत १४, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएकाले अस्पताल लानु परेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। मुटुको धड्कन बढेपछि बिहीबार राति नै प्रधानमन्त्रीलाई मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको उनले बताएका छन्।
थापाले चिकित्सकको निगरानी र स्वास्थ्योपचारपछि प्रधानमन्त्रीको अवस्था सामान्य भइसकेको उल्लेख गरेका छन्। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राति मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छु, थापाले भनेका छन्, प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहले बताउनुभएको छ।






