सर्वोच्चद्वारा सीमा नाका बन्‍दविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

0
451

चैत १२, २०७६ काठमाडौं  :सर्वोच्च अदालतले सीमा नाका र अन्तराष्ट्रिय हवाई सेवाबाट नेपाल आउन प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध परेको रिटमा तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश डम्बर शाहीको इजलासले कोरोनाका बेला नेपाल प्रवेशमा रोक लगाउन नहुने भन्दै अधिवक्ता मीना बस्नेतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा थप छलफलका लागि दुवै पक्षलाई अदालतमा झिकाउने आदेश गरेको छ।

सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलमा रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत २४ गते छलफलमा बोलाएको छ। थप छलफल गरेपछि मात्र यसमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने अदालतले निर्णय गर्नेछ।थाहाबाट

SHARE